Logo

गुल्मीमा सिमलटारी गोल्ड कप सुरु, आयोजकको विजयी सुरुवात



Spread the love

९ कात्तिक, गुल्मी । गुल्मीको मालिका गाउँपालिका वडा नं आठमा सिमलटारी गोल्ड कप प्रतियोगिता २०७६ सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा जिल्ला भरका ११ वटा क्लबको सहभागिता रहेको छ । शुक्रवार मालिका गाउँपालिका वडा नं आठका वडा अध्यक्ष टीका बहादुर जिसीले एक समारोहका साथ प्रतियोगिताको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा आयोजक सिमलटारी फ्रेन्ड्स क्लब बि र सिद्धार्थ क्लब छापहिले विजयी सुरुवात गरेका छन् । शुक्रवार सम्पन्न खेलमा आयोजक सिमलटारी फ्रेन्ड्स क्लब “बि” ले हिमालयन क्लब धुर्कोटलाई ३-० ले पराजित गरेको हो । सिमलटारी फ्रेन्डस क्लबको जितमा अन्जन क्षेत्री, विशाल घर्ती मगर र सन्तोष शर्माले समान १/१ गोल गरे । त्यस्तै यता महेन्द्र नमुना माध्यमिक विद्यालय सिद्धार्थ क्लब छापहिलेसंग २-० गोल अन्तरले पराजित भएको छ । खेलको १८ औँ र ३६ औँ मिनेटमा रोबन घर्ती मगरले गोल गर्दै सिद्धार्थलाई जित दिलाएका थिए ।

फुटबल खेल र खेलाडीहरूलाई उचित प्रवर्धन गर्न उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको खेल संयोजक सुनिल जिसीले बताए । प्रतियोगिता आइतबारसम्म चल्ने छ भने विजेताले नगद २० हजार सहित ट्रफी र उपविजेताले नगद दस हजार रकम प्राप्त गर्ने छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्