Logo

तिहारमा घरलाई कसरी नयाँ देखाउने?



Spread the love

चार्डपर्वको आएसंगै अवसर पारेर हामीलाई हाम्रो घर सफा गरेर नयाँ जस्तै बनाउने मन लाग्छ । अझ तिहार जस्तो झिलिमिलीको पर्वमा त घरलाई अझ राम्रो र चिटिक्कको बनाउन मन लाग्छ । तिहारमा कसरी घरलाई नयाँ देखाउने?

बत्ती
लाइटको छनोट गर्दा तातो र चिसो भन्ने कुरालाई पनि ध्यान दिनुपर्छ । प्रकाशमार्फत् हामी शान्ति र आनन्दको समेत महसुस गर्न सक्छौं । त्यसैले ज्यादै चम्किलो प्रकाश दिने बत्तीको प्रयोग गर्नु हुँदैन । कोठालाई ग्ल्यामर शैलीको बनाउने विचार आयो भने पनि न्यानो दिने शैलीका बत्ती प्रयोग गर्नुपर्छ ।
रंग रोगन
घरलाई नयाँ र आकर्षक बनाउनका लागि रंगको सबैभन्दा ठूलो भूमिका हुन्छ । किनभने, हरेक व्यक्तिले सबैभन्दा पहिला हेर्ने भनेको घरको रंग नै हो । चार्डपर्वको अवसरमा प्रायः उज्यालो शैलीका रंगहरु प्रयोग गर्नुपर्छ । अचेल घरमा चम्किला रंगभन्दा भलाद्मी रंगहरुको प्रचलन बढेको छ । अचेल सेतो, अफ हृवाइट, हल्का पहेंलो, हल्का नीलो तथा हल्का हरियो रंगको प्रचलन बढेको छ ।
वाल पेपर
अचेल कोठाका भित्ताहरुमा विभिन्न प्रकारका रंगहरुको साटो वाल पेपर टाँस्ने प्रचलन बढेको छ । तपाईंले आफ्नो रोजाई र गुणस्तरका वाल पेपर प्रयोग गरेर यो चार्डपर्वको मौसममा कोठालाई सुन्दर बनाउन सक्नुहुनेछ । कोठामा वाल पेपर छनोट गर्दा बालबालिकाहरुको कोठामा उनीहरुको रोजाई अनुसार कार्टुनसहितको वाल पेपर प्रयोग गर्न सकिन्छ भने बृद्ध-बृद्धाको कोठामा सादा वाल पेपर प्रयोग गर्न सकिन्छ ।
पर्दा
कोठालाई आकर्षक देखाउनका लागि घरको झ्यालमा लगाइने पर्दाको पनि ठूलो भूमिका हुन्छ । कोठाका लागि पर्दाको छनोट गर्दा कोठामा भएका फर्निचर तथा भित्ताको वाल पेपरलाई पनि ध्यान दिनुपर्छ । फर्निचर र भित्ताको रंगसँग मिल्दो जुल्दो पर्दा राख्नु उपयुक्त हुन्छ ।
कार्पेटिङ
घरको कोठालाई आकर्षक बनाउने अर्को पक्ष हो भुईंमा ओछ्याइने कार्पेट । अचेल पार्केटिङको प्रचलन खासै छैन । त्यसको स्थान अचेल टायलले लिन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्