Logo

खोलामा अजिङ्गर फेला पर्यो



Spread the love

१० कार्तिक, सप्तरी – सप्तरीको तिलाठी गाउँपालिका–१ स्थित खाडो खोलामा आज अजिङ्गर फेला परेको छ ।

अन्दाजी सात फिट लामो र १२ किलो तौल भएको उक्त अजिङ्गरलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो । अजिङ्गरलाई जिल्ला वन कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरीक्षक तिलक भारतीले बताए । अजिङ्गरलाई आइतबार जङ्गलमा छाडिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्