Logo

नेपाल आइडलबाट किन भएनन् कोही पनि आउट ?



Spread the love

शुक्रबार नेपाल आइडलबाट कोही आउट भएनन् । इलिमिनेसन डे भनिएता पनि कार्यक्रमको अन्त्यमा निर्णायकले आफ्नो पावर प्रयोग गरेर सबैलाई सुरक्षीत पारेका हुन् । यसअघि दर्शकले पठाएको भोटको संख्या सार्वजनिक गरिन्थेन। तर, यो हप्ता भने ३७ लाख २० हजार २ सय ८० भोट प्राप्त भएको जानकारी दिइएको थियो ।शुक्रबार प्राप्त भएको भोट भने अर्को हप्ता आउने भोटसँग जोडीने बताइएको छ ।

मोरङका निशान भट्टराई, नारायणगढ, चितवनका सागर आले, पोखराका बुद्ध लामा तथा ललितपुरका प्रताप दासमध्ये अर्को शुक्रबार एक जना बाहिरिने छन् ।यता शोमा यस हप्ता सबै सेफ भएसँगै सामाजिक सञ्जालमा भने तीब्र आलोचना सुरु हुन थालेको छ ।

चार जनामा तीन जना छान्ने आजको सोमा ३७ लाख voter को अधिकार ३ जना Judge ले हड़पेको भन्दै सामाजिक सञ्जालमा तीब्र आलोचना भएको छ । सामाजिक सञ्जाल प्रयोगक्रताले नेपाल आइडलले पैसाको खेती गर्ने कसैलाई आउट नगरेको समेत भनेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले भने कतारमा हुने भएको छ । फिनालेमा टप १२ मा पुगेका प्रतियोगीको सहभागिता रहनेछ ।

हेर्नुहोस्  सामाजिक संजालमा देखिएका केहि प्रतिक्रियाहरु:

 

 

 

प्रतिक्रिया दिनुहोस्