Logo

अछाममा बिरामी बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते



Spread the love

१३ कात्तिक, अछाम। बिरामी बोकेको जीप मेल्लेख गाउँपालिकामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार बेलुकी बिरामी बोकेर वयालपाटा अस्पताल आउँदै गरेको म १ ज ३३५ नम्बरको जीप लिफ्रु भन्ने स्थानमा दुर्घटना भएको गाउँपालिका उपाध्यक्ष धनबहादुर शाहले जानकारी दिएका छन् ।

घाइते हुनेमा मेल्लख गाउँपालिकाका प्रकाश धामी, मन्दिरे बि.क. शेर बि.क.,नरबहादुर टमट्टा, ६५ का मोती कडायत र पदमबुढा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्