Logo

भाइ मसला धेरै खादा सताउन थाल्दछ यस्ता समस्याहरुले !



Spread the love

भाइ मसला अर्थात काजु, किसमिस, ओखर, छोगडा, नरिवललगायतको समिश्रणलाई बुझिन्छ। चेलीले भाइ टिकाको दिन आफ्ना माइतीको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै चेलीले भाई मसलासहित थरीथरीका परिकार दिने गर्छन् । यसलाई सकेसम्म नियमित सेवन गर्नुपर्छ । तर, हामी पाएपछि धेरै खाइदिन्छौ । ड्राइ फ्रुट्स पनि अत्यधिक सेवन गर्दा यसले स्वास्थ्यमा नराम्रो असर पुर्‍याउँछ ।
– ग्याष्ट्रिक, कब्जियत, डायरिया
ड्राइ फ्रुट्सको सेवनले स्वास्थ्यलाई निक्कै फाइदा पनि पुग्छ । तर आवश्यकताभन्दा बढि सेवन गर्नुभयो भने ग्याष्ट्रिक, कब्जियत, डायरिया तथा पेटसँग जोडिएका अन्य समस्या पैदा हुन सक्छन् ।
-तौल बढ्न सक्छ
अधिक मात्रामा सेवन गरियो भने यसले अतिरिक्त मात्रामा क्यालोरी दिन्छ र वजन घट्नुको साटो बढेर जान्छ ।
-ब्लड सुगर र डाइबिटिजका लागि हानीकारक
कुनै ड्राइ फ्रुट्समा फ्रक्टोजको रुपमा यस्तो चिनी अत्यधिक मात्रामा हुन्छ, जुन तपाईंको स्वास्थ्यका लागि फाइदाजन नहुन सक्छन् ।
-दाँतमा ब्याक्टेरिया
चिनीको अधिकता भएका केही ड्राइ फ्रुट्स यस्ता पनि छन् जुन खाँदा मुख र दाँतमा टाँसिन्छ र ब्याक्टेरिया पैदा गर्छ ।
– पाचन तन्त्र कमजोर छ भने
यदि तपाईंको पाचन तन्त्र कमजोर छ भने ड्राइ फुड्स चपाउन अधिक समय लाग्छ । यसका कारण पेट दुख्ने, उल्टी हुने जस्ता समस्या पैदा हुन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्