Logo

ज्ञानेन्द्र मल्ल राष्ट्रिय क्रिकेट टोलीको कप्तान



Spread the love

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ । कप्तानबाट पारस खड्काले राजीनामा दिएसंगै नेपाल क्रिकेट संघ (क्यान)ले उपकप्तान मल्ललाई कप्तानको जिम्मेवारी दिएको हो ।

क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

क्यानका महासचिव अशोकनाथ प्याकुरेलले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी दिँदा उपकप्तानको जिम्मेवारी भने युवा क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्