Logo

पूर्व कप्तान पारसले दिए नवनियुक्त कप्तान ज्ञानेन्द्रलाई बधाई



Spread the love

 

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी पाएका ज्ञानेन्द्र मल्ललाई पूर्वकप्तान पारस खड्काले शुभकामना दिएका छन् । नेपाल क्रिकेट संघले मल्ललाई कप्तानको जिम्मेवारी दिएलगत्तै फेसबुकमार्फत् पारसले शुभकामना ब्यक्त गरेका हुन् ।

अनुशासित र इमान्दार खेलाडी मल्लको कप्तानीमा नेपाली क्रिकेट टोली नयाँ उचाइमा पुग्ने पारसले विश्वास व्यक्त गरेका छन् । पारसले फेसबुकमा लेखेका छन्, “योग्य व्यक्ति मल्ललाई कप्तानमा नियुक्त गरेकोमा धेरै धेरै बधाइ छ । जोश, अनुशासन र प्रतिबद्धताका साथ देशको सेवा गरेका मल्लप्रति मलाई विश्वास छ कि उनको नेतृत्वमा नेपाली क्रिकेट नयाँ उचाइमा पुग्नेछ ।”

यो सँग सम्बन्धित समाचार: https://www.sallerikhabar.com/archives/83780

प्रतिक्रिया दिनुहोस्