Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
३६८,९९१
संक्रमित
६,०९९,३७९
निको भएका
२,७०७,८२६
नेपालमा कोरोना भाइरस
मृत्यु
संक्रमित
१५६७
निको भएका
२२०

सडक अध्ययन गर्न मुख्यमन्त्री शाही महाबु लेकमा



१४ कार्तिक, कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तिहार सम्पन्न गरेलगत्तै बुधबार दैलख र कालीकोट सीमा क्षेत्रमा पर्ने महाबु लेकमा पुगेका छन् ।

मुख्यमन्त्री शाही दैलेख–कालीकोट–जुम्ला हुँदै रारा जोड्ने सडकको अध्ययन गर्न महाबु लेकमा पुगेका हुन् । मुगुको राराताल जोड्ने सडक सांस्कृतिक, धार्मिक, पुरातात्विक, प्राकृतिक र ऐतिहासिकता बोकेको पर्यटकीय महत्वको बाटोको निर्माण कार्यको अवस्था अध्ययन गर्न मुख्यमन्त्री शाही नेतृत्वको टोली त्यहाँ पुगेको मुख्यमन्त्रीका स्वकीय सचिव खेमबहादुर सिंहले जानकारी दिए ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि दैलेख सदरमुकाम भएर कालीकोट–जुम्ला हुँदै मुगु राराताल जोड्ने यो सडक कर्णाली राजमार्गभन्दा करीब ७० किलोमिटर कम भएको र यसको निर्माण कार्य छरितो होस् भन्ने हेतुले अध्ययन तथा अवलोकन गर्न बुधबार नै त्यसतर्फ लागिएको मुख्यमन्त्री शाहीले राससलाई जानकारी दिए । सङ्घका साथै कर्णाली प्रदेश सरकार र स्थानीय सरकारको समन्वय सडक निर्माण कार्यलाई जतिसक्दो तीव्रता दिइने उनको भनाइ थियो ।

उनका अनुसार कर्णाली प्रदेश सरकारले उक्त सडकलाई पर्यटकीय मार्गका रुपमा समेत विकास गर्ने लक्ष्य राखेको छ । टोलीमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेशसभा सदस्य अमरबहादुर थापा, स्थानीय दैलेख महाबु तथा कालीकोट महावै गाउँपालिकाका जनप्रतिनिधिलगायत सरोकारवालाको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्