Logo

नेपालले इमर्जिङ एसिया कपमा खेल्ने, नेपाल र भारत एकै समुहमा



Spread the love

१५ कात्तिक, काठमाडौं । नेपालले बंगलादेशमा आयोजना हुने इमर्जिङ एसिया कप खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिलले विहीबार सार्वजनिक गरेको तालिका अनुसार यूएईको सहभागिता रहने भनेपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो ।

नेपाल रहेको समुह बी मा भारत, बंगलादेश र हङकङ पनि रहेको छ । पहिलो खेलमा नेपालले कात्तिक २८ मा भारतसँग खेल्ने छ भने नेपालले हङकङसँग कात्तिक ३० मा प्रतिस्पर्धा गर्नेछ ।

सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ भने फाइनल मंसिर ७ मा हुने एसीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्