Logo

इटालियन सिरी ए मा एसपालमाथि मिलानको संघर्षपुर्ण जित



Spread the love

१५ कात्तिक, काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले कठिन जित हात पारेको छ । मिलानोमा बिहीबार राति भएको खेलमा घरेलु टोली मिलानले एसपालमाथि १–० को संघर्षपुर्ण जित हात पारेको हो ।

मिलानको जितमा सुसोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । ६३औं मिनेटमा वैकल्पिक खेलाडी सुसोले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । त्यसपश्चात थप गोल हुन नसक्दा मिलाल १–० ले विजयी भयो ।

जितसँगै मिलान १० खेलबाट १३ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित एसपाल ७ अंकसहित १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्