Logo

१२ बुँदे सहमतिपश्चात कृष्णनगर शान्त बन्दै, कर्फ्यु कायमै



Spread the love

१५ कात्तिक, बुटवल । बुधबार साझँदेखि तनावग्रस्त बनेको कपिलवस्तुको कृष्णनगर अहिले शान्त बनेको छ । यद्यपि कर्फ्यु भने कायमै रहेको छ ।

बिहीबार राति २ बजेतिर दुवै पक्षबीच सहमति भएपछि कर्फ्युकाबीच सुरक्षा घेराबन्दीमा लक्ष्मीको मूर्तिको विर्सजन गरिएको थियो । झडपका क्रममा भारतीय नागरिक सुरजकुमार पाण्डेको प्रहरीले चलाएको गोली लागी मृत्यु भएको थियो । शव पोस्टमार्टमका लागि तौलिहवा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपशम्सेर जबराले बताए ।

बिहीबार बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका लागि लगाइएको कृष्णनगर क्षेत्रको कर्फ्यु अवस्था हेरेर हटाउने कपिलवस्तुका प्रहरी उपरीक्षक दीपशमशेर जबराले जानकारी दिए ।

प्रहरी प्रमुख राणाका अनुसार १२ बुँदे सहमति भएको जनाएको छ । सहमति भएका बुँदामा मृतक सुरज कुमार पाण्डेको क्षतिपूर्तिका लागि गृह मन्त्रालयलाई सिफारिस गर्ने, मूर्ति विर्सजन गर्न अवरोध गर्ने जमाल खाँलाई कानुनी कारवाही गर्ने, प्रहरीले दमन गरे नगरेको छानबिन गर्ने, कृष्णनगर क्षेत्रमा आगामी दिनमा कुनै अप्रिय घटना हुन नदिनका लागि साझा पहल गर्ने, कफ्र्युलाई क्रमशः घटाउँदै लैजाने लगायतका बुँदामा सहमति भएको प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्