Logo

आगोले पोल्यो भने कसरी घरेलु उपचार गर्ने ?



Spread the love

हामीले खाना पकाउँदा, आगो सल्काउँदा, विद्युतिय उपकरणहरु चलाउँदा हात वा अन्य भाग जल्न सक्छ । डढ्न सक्छ । यस किसिमको जलन वा पोबाट निकै पीडा हुन्छ । साथसाथै पोलेकोभागमा पछिसम्म दाग रहिरहन्छ ।

घरमा बालबच्चाहरु खेल्ने क्रममा उम्लिरहेको पानीमा हात डुबाउन पुग्छन्, आगोमा हात हाल्न पुग्छन् । यस्तो अवस्थामा उनीहरुको हात लगायत शरीरका अंग जल्न सक्छ ।

जलन वा पोलाई अप्रत्यासित हुने दुर्घटना हुन् । यस्तो अवस्थामा पूर्व तयारी र जानकारी हुनुपर्छ । आगोले पोल्ने, तातो तेल वा पानीले पोल्ने कुरामा सावधानीपूर्वक काम गर्नुपर्छ । साथसाथै आगोले चाडै टिप्ने खालको पहिरन लगाउनु हुँदैन ।
कसरी गर्ने घरमै प्राथमिक उपचार?
कुनैपनि आकस्मिक दुर्घटना हुँदा पीडितलाई तत्काल प्राथमिक उपचार गर्नुपर्छ । त्यसैले घरका सदस्यहरुलाई प्राथमिक उपचारको आधारभूत ज्ञान हुनु राम्रो हो ।
-आगोले पोलेमा यदि छाला नष्ट भएको छैन भने सफा चिसो पानीमा डुबाउनुपर्छ ।फोका उठेमा त्यसलाई नफुटाउने ।
-घाउलाई सफा कपडाले छोप्ने ।
-पीडितलाई प्रशस्त झोलिलो पदार्थ दिने ।
-एसिडढले पोलेको भए सफा पानीले घाउ सफा गर्ने । उपलब्ध छ भने सामान्उ सलाइन वा नुनपानीले सफा गर्नुपर्छ ।
– घिउकुमारीको जेल लगाउँदा पनि राम्रो गर्छ ।

यदि गम्भीर अवस्थाका घाइते भएमा तत्काल नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्‍याउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्