Logo

तीन महिनाको प्रतिबन्धपश्चात मेस्सी अर्जेन्टिनी टोलीमा फर्किए



Spread the love

१५ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलबाट तीन महिनाको प्रतिबन्धपश्चात कप्तान लियोनेल मेस्सी अर्जेन्टिनी राष्ट्रिय टोलीमा फर्किएका छन् ।

ब्राजिल र उरुग्वेविरुद्धको दुई मैत्रीपुर्ण खेलका लागि प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई टोलीमा समावेश गरेका छन् । गत जुलाईमा ब्राजिलमा सम्पन्न कोपा अमेरिका कप दौरान मेस्सीलाई तीन महिनाको प्रतिबन्ध सुनाइएको थियो ।

स्कालोनीले बिहीबार २६ सदस्यीय टोली घोषणा गरेका छन् । जसमा फरवार्ड सर्जियो अगुएरोलाई पनि टोलीमा अटाए ।

ब्राजिलसँग अर्जेन्टिनाले १५ नोभेम्वरमा साउदी अरवमा मैत्रीपुर्ण खेल खेल्दैछ । भने त्यसको तीन दिनपश्चात इजरायलमा उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्