Logo

अवैध पेस्तोलसहित तरुण दलका अध्यक्ष समातिए



Spread the love

१५ कात्तिक, नेपालगञ्ज। अवैध विदेशी पेस्तोल र केही थान म्याग्जिनसहित इलाका प्रहरी कार्यालय कोहलपुरले नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष संदिपजंग शाह लगायत छ जनालाई पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० स्थित नमस्ते भिलेज रिसोर्टबाट बिहिबार राती अवैध पेस्तोल सहित छ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक हेमबहादुर शाहीले बताएका छन् ।

प्रहरी नायब उपरिक्षक शाहीका अनुसार नमस्ते भिलेज रिसोर्टमा मारुती गाडी चेकजाच गर्ने क्रममा अटोमेटिक पेस्तोल एक थान, म्याग्जीन एक थान र लोड गरिएको २ थान बुलेट बरामद गरिएको हो ।

पक्राउ पर्नेमा तरुण दल नेपालगञ्ज नगरका अध्यक्ष शाह सहित नेपालगञ्ज उपमहानगरपालिकाका रामबाग बस्ने दिनेश शाही, राघब शाह सानु , माधब नेपाली, जयबहादुर बुढा र प्रितम थापामगर रहेका छन । उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान भैरहेको प्रहरी नायब उपरिक्षक शाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्