Logo

सुशिलको ‘बादशाह जुट’ एकल रिलिज, व्यापार कस्तो होला हेर्न बाँकी !



Spread the love

व्यापारिक हिसाबले फिल्म नचने पनि चर्चामा रहेका नायक हुन्-सुशिल श्रेष्ठ । उनलाई नेपाली फिल्ममा ‘अनलक्की नायक’ उप-नामले पनि चर्चामा रहेका छन् । उनको नयाँ चलचित्र ‘बादशाह जुट’ आजबाट देशभर एकल रिलिज भएको छ ।

चलचित्रमा पत्रकारिता र प्रहरी पेशामा लागेर आफूलाई वादशाह सोच्ने दुई यूवकको कथालाई यस चलचित्रले उठान गरेको छ भने यस चलचित्रमा सुशीलले पत्रकारको भूमिका निभाएका छन् भने आमिर गौतम प्रहरीको भूमिका निभाएका छन् । चलचित्रले दुई पात्रको कथालाई उठान गरेको छ ।

यो चलचित्रमा नायक सुशिलको लागि विशेष रहेको छ किन भने यो भन्दा अगाडीका चलचित्र व्यापारिक हिसाबले असफल भएता पनि यस चलचित्रमा ठुलो आशा बोकेको नायक सुशिलले बताएका छन् ।

चलचित्रको मुख्य भूमिकामा नायक सुशिल श्रेष्ठ, आमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)ले निर्माण गरेको चलचित्रलाई अभिशेख शशी कुमारको लेखन रहेको छ । चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् ।

चलचित्रले मल्टिप्लेक्समा कम शोज पाएको छ । शुक्रबार चलचित्रको व्यापार औषत देखिएको छ । लगातार चलचित्र असफल भएपछि निराश भएका सुशिल यो चलचित्रबाट आफू उकासिनेमा विश्वस्त देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्