Logo

दशैंका लागि भदौं २२ बाट अग्रिम टिकट बुकिङ



Spread the love

यातायात व्यवस्था विभागले दशैंको लागि भदौ २२ गतेदेखि अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको छ । दशैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुलाई सहज रुपमा घर जाने वातावरण निर्माणका लागि विभागले अग्रिम टिकट बुकिङ खुलाएको हो ।

यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच दशैंका लागि भदौ २२ गते अग्रिम टिकट बुकिङ खुल्ला विषयमा सहमति भएको हो ।केही दिन अघिदेखि विभाग र यातायात व्यवसायीबीच चल्दै आएको अग्रिम बुकिङ खोल्ने र छत राख्ने विषयको विवाद शुक्रबार आएर निणयमा पुगेको हो ।

यात्रुहरुले २० केजीभन्दा बढी सामान लगेमा वा सवारीले नै छतमाथि मान्छे राखेमा जरिवाना सहित आवश्यक कारबाही गर्ने यातायात व्यवस्थानका महानिर्देशक रुपनारायण भट्टराइले बताए ।टिकट बुकिङ सुरु भएको दिनदेखि नै काटिने हरेक टिकटमा यात्रुको नाम, ठेगाना तथा सामानको तौल पनि राख्नु पर्ने महानगरी ट्राफिक प्रहरी महाशाखा प्रमुख एवं डीआईजी सर्वेन्द्र खनालले बताए ।

यस्तै, यात्रुवाहनको सुरक्षा तथा यातायाग व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलराज खनालले दशैंमा घर जाने यात्रुहरुले २० केजीसम्मको सामान लान पाउने बताएका छन् ।आजको बैठमा सवारी साधानले कती भाडा लिने भन्ने विषय भने टुङगो लाग्न सकेको छैन । भाडाको विषयमा आउँदो हप्ता भित्र सूचना निकाल्ने यातायात विभागले तयारी गरेको छ ।

वैकल्पिक व्यवस्था नगरी सरकारले छत हटाउने निर्णय गरेको भन्दै व्यवसायीले छत हटाउने निर्णयमा सहमति जनाउन मानेका छैनन् । यसपाली दशैँमा झण्डै २५ लाख यात्रु र दैनिक औषत ७ हजार सवारी उपत्यकाबाट बाहिरिने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्