Logo

युनिभर्सल कलेजका विद्यार्थीहरू आन्दोलनमा, माग बुझ्न मान्दैन कलेज प्रशासन



Spread the love

१७ कार्तिक, भैरहवा – नेपाल सरकारले चिकित्सा शिक्षामा अतिरिक्त शुल्क नलिन निर्देशन दिएको धेरै समय बितिसक्दा पनि शैक्षिक संस्थाहरू यसको कार्यान्वयन भन्दा पनि शुल्क लिने पक्षमा नै देखिएका छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइसेन्सले सरकारले तोकेको शुल्क भन्दा धेरै अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । गत बिहीबारदेखि उनिहरू कलेज परिसरमा शान्तिपूर्ण आन्दोलनमा उत्रिएका भएता पनि कलेज प्रशासनले विद्यार्थी र उनिहरूको एजेन्डाप्रति कुनै चासो समेत देखाएको छैन ।

आन्दोलनमा संलग्न  विद्यार्थीहरूले बताए अनुसार शान्तिपूर्ण आन्दोलन गर्दै सकारात्मक नारा लगाए पनि प्रहरीद्वारा शुक्रबार लाठी चार्च गरिएको र आन्दोलन रोक्ने प्रयास भएको थियो ।

आन्दोलनमा संलग्न विद्यार्थीहरूले बताए अनुसार कलेजले चिकित्सा विज्ञान अन्तर्गत एमबिबिएस पहिलो वर्षका २१ औँ ब्याचसँग सरकारले तोकेको भन्दा १५ लाख रूपैयाँ अतिरिक्त शुल्क लिएको छ । त्यसै गरी एमबिबिएस दोश्रो वर्षका २० औँ ब्याचसँग १० लाख  र एमबिबिएस तेश्रो वर्षका १९ औँ ब्याचसँग साँढे १२ लाख  अतिरिक्त शुल्क लिएको छ ।

यसरी कलेजको मनपरीका विरूद्ध गरेको सकारात्मक कदममा पनि प्रहरी प्रशासनले हस्तक्षेप गर्न खोजेको सहभागी विद्यार्थीले गुनासो गरेका छन् ।

विद्यार्थीहरूको आन्दोलनप्रति कलेज प्रशासन मौन रहेको छ भने प्रशासनले विद्यार्थीका लिखित माग पनि बुझ्न आनाकानी गरिरहेको छ । कलेजले २(४ जनालाई टेबलमा आएर वार्ता गर्ने भनेता पनि यसलाई विद्यार्थीहरूले आन्दोलन लुकाउनका लागि दिन खोजिएको दबाबको संज्ञा दिँदै बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्