Logo

झापामा करेन्ट लागेर मामा–भान्जाको मृत्यु



Spread the love

१६ कात्तिक, भद्रपुर। झापाको बुद्धशान्ति गाउँपालिकामा हात्ती धपाउन लगाइएको करेन्टमा परेर आज बिहान मामा र भान्जाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा बुद्धशान्तिका अविनाश राई र उनका मामा भोजपुर निवासी मनिराम राई रहेका छन् ।

दुवै जनालाई आज बिहान ७ बजे मृतावस्थामा स्थानीय नवज्योति सामुदायिक वनभित्रको एउटा खोल्सीमा भेटिएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरीको टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रवक्ता श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्