Logo

गुल्मीको चन्द्रकोटमा एक महिला सहित दुई बालिकाको शव फेला



Spread the love

१६ कात्तिक, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर तीन हर्राचौरमा तीन जनाको शव फेला परेको छ । शनिवार बिहान एक महिला सहित दुई बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको हो ।

महिलादेखि एक बालिकाको शव दुई सय मिटर टाढा र अर्को बालिका दुई सय ३० मिटरको दुरीमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी मीन बहादुर घलेले जानकारी दिएका छन् । मृतक महिला अन्दाजी २७ वर्षीय र बालिकाहरु अन्दाजी ७ र अर्को ११ वर्षको रहेको घलेले बताए ।

अहिले सम्म कुनै पनि शवको पहिचान हुन सकेको छैन कसैको आफन्त हराएको भए प्रहरी कार्यालयमा सूचना दिन जिल्ला प्रहरी कार्यालय गुल्मीले आग्रह समेत गरेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्