Logo

बच्चाहरु समेत यस्ता मानसिक रोगबाट ग्रसित हुन्छन्!



Spread the love

बच्चाहरु स्वभावैले एकदमै नाजुक र कोमल हुने भएकोले उनीहरुलाई छिट्टै विभिन्न रोगले आक्रमण गर्ने गर्छ । आजको बदलिँदो समयमा बच्चा शारीरिकका साथसाथ कैयौं तरिकाको मानसिक समस्याहरुसँग पनि जुधिरहेका हुन्छन् ।

पछिल्लो समय शारीरिकभन्दा पनि मानसिक समस्याबाट धेरै बच्चाहरु प्रभावित हुने गरेका छन् । जस्तो यदि एक बच्चा डिप्रेसनमा छ भने उसको हालत एक बयस्क व्यक्तिको भन्दा गम्भीर हुने गर्छ । त्यसकारण बच्चाहरुको व्यवहारमा आएको बदलावलाई तुरुन्त गम्भीर रुपमा लिनुपर्ने हुन्छ ।

आजको समयमा बच्चाहरुमा कैयौं तरहको मानसिक समस्याहरु सामान्य भइसकेका छन् । यसबाट मुक्त हुने सबैभन्दा सजिलो उपाय भनेको नै अभिभावकहरुले आफ्नो बच्चाको व्यवहारमा बदलाव आउने बित्तिकै आवश्यक कदम चाल्ने हो ।
एन्जाइटी डिसअर्डर
जुन बच्चालाई एन्जाईम डिसअर्डर हुन्छ । त्यसले कुनैपनि चिज या परिस्थितिलाई देखेर डर, चिन्ता या तनावको रिएक्सन दिने गर्दछ ।
एडीएचडी
एडीएचडीबाट समस्याग्रस्त बच्चाहरुलाई आम तौरले आफ्नो ध्यान कुनैपनि एक चिजमा केन्दि्रत गर्नमा समस्या हुने गर्दछ ।
अटिज्म स्पेक्ट्रम डिसअर्डर
अटिज्म स्पेक्टि्रम डिसअर्डर एक यस्तो गम्भीर डेभलपमेन्ट डिसअर्डर हो । यस्तो बच्चाहरुलाई दोस्रोको साथमा कम्युनिकेट गर्नमा समस्या हुने गर्दछ ।
ओपोजिशनल डेफिएन्ट डिसअर्डर
ओपोजिशनल डेफिएन्ट डिसअर्डर अर्थात् ओडीओडी एक यस्तो मानसिक समस्या हो । जसमा बच्चा कहिलै पनि दोस्रोको कुरा मान्ने गर्दैन । यस्तो बच्चाहरुमा रिस र चिडचिडाहट बढी हुने गर्दछ ।
कन्डक्ट डिसअर्डर
यसमा बच्चाहरु लगातार झगडा गर्ने, झुट बोल्ने, सामान चोर्ने, सामान तोडफोड गर्ने, घरबाट भाग्ने, जनावरप्रति क्रुर बन्ने जस्ता व्यवहारहरु देखाउने गर्दछन् ।
इटिङ डिसअर्डस
यस्तो समस्या भएका बच्चाहरुमा मुख्य रुपले बच्चाको मनको भावनाहरु खाने एवं वजनसँग जोडिएको हुने गर्दछ । त्य यसको कारण केवल बच्चाहरु कुपोषित हुनु मात्रै होइन । उनीहरुको विकासमा प्रभाव नपर्नु पनि हो ।
मुड डिसअर्डर
मुड डिसअर्डर जस्ता डिप्रेसन या बाइपोलर डिसअर्डर आदिमा बच्चाहरु कहिले एकदमै धेरै समयसम्म बिना कुनै कारण उदास हुने गर्दछ भने कहिले चिडचिडाहट र कहिले खुशी हुने गर्दछ ।
परवेसिव डेभलपमेन्ट डिसअर्डर
यो समस्या भएका बच्चाहरु आम रुपमा आफ्नै सोचमा भ्रमित हुने हुनाले उनीहरुको आसपासको दुनियाँलाई सम्झनको लागि समस्या हुने गर्दछ ।
सिजो सिजेफेनिया
सिजो सिजेफेनिया एउटा गम्भीर मानसिक रोग हो । यस बिरामीबाट पीडित बच्चा वास्तविक दुनियाँबाट दूर हुने गर्दछ । र, काल्पनिक बस्तुहरुलाई नै सच्चाई सम्झने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्