Logo

नेपाल भ्रमणका लागि एमसीसी टोली नेपाल आइपुग्यो



Spread the love

१६ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को १३ खेलाडी सहितको टोली नेपाल भ्रमणका लागि शनिबार नेपाल आइपुगेका छन् । विश्वकै सबैभन्दा पूरानो क्रिकेट क्लव एमसीसीको टीम नेपाली राष्ट्रिय टिमसँग टी–टवान्टी, एक दीवसीय र फस्ट क्लास क्रिकेट खेल खेल्नका लागि नेपाल आएको हो ।

आइतबादेखि काठमाडौं र पोखरामा चल्ने भ्रमण सिरिजमा एमसीसीले नेपालको यू१९, सिनियर टोली, चिफ मिनिस्टर ११ र कास्की ११ गरेर टि ट्वान्टी, एकदिवसिय र प्रथम श्रेणीको खेल खेल्ने छ ।

यस अघि एमसीसीले सन् २०१५ मा पनि नेपाल भ्रमण गरेको थियो । यता, नेपालले पनि एमसीसीको भ्रमण गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्