Logo

खराब प्रदर्शनपछि बायर्न म्युनिखका मुख्य प्रशिक्षक कोभाक बर्खास्त



Spread the love

१८ कात्तिक, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् । जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को अन्तरले पराजय व्यहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई बर्खास्त गरेको हो ।

बुन्डेस लिगा बायर्नले पछिल्लो १० सिजन यताकै सबैभन्दा खराब प्रदर्शन गरेको हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै यो निर्णयमा पुगेको उल्लेख गरेको छ ।

१८ महिने बायर्न बसाईका लागि कोभाकले क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् । बायर्न लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्