Logo

एमसीसीद्वारा नेपालसामु २०२ रनको लक्ष्य प्रस्तुत



Spread the love

१८ कात्तिक, काठमाडौं । स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले सानदार प्रर्दशन गरेपछि मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले नेपाललाई २ सय २ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाउदै २०१ रनमै समेटियो । एमसीसीका लागि विल रोडसले ५४ रन जोड्दा ओपनर विल्ली गोड्लेम्यानले ५२ रन जोडेका थिए ।

बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४-४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्