Logo

सांसद अफताबविरुद्ध जन्मकैदको माग गर्दै अभियोग दर्ता



Spread the love

१८ कात्तिक, रौतहट । सांसद मोहम्मद अफताब आलमविरुद्ध दर्जन भन्दा बढी व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग दर्ता भएको छ ।

१२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र जिउँदै मान्छे जलाएको भन्ने अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा चलाउने निर्णय गरेको हो।

आलमसहित उनका भाइ मोहम्मद महताब आलम, शेख भदई, मोहम्मद मोविन आलम, शेख सेराज, बद्री सहनी, शेख फजलेहक, सगिर आलम, शेख जुमइन भन्ने शेख मलकार र गौरीशंहर साह विरुद्ध अभियोगपत्र दायर गरेको हो । आलमबाहेक अरु सबै फरार रहेका छन् ।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहितको कसूरमा सजाय माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्