Logo

धुर्मुस र सुन्तलीको ‘सेन्टिभाइरस’को फर्स्ट लुक सार्वजनिक !



Spread the love

पछिल्लो समय फिल्मी दुनियाँबाट केही बाहिरिएर समाजसेवी तिर लागेका चर्चित हाँस्य कलाकार तथा समाजसेवी हुन्- धुर्मुस-सुन्तली । धुर्मुस-सुन्तलीको जोडिले चलचित्र निर्माण गर्ने निर्णय गरेको लामो समय पछि निर्माण भएको चलचित्र ‘सेन्टिभाइरस’को फर्स्ट लुक र पोस्टर सार्वजनिक भएको छ ।

चलचित्र सामाजिक कथामा आधारित रहेको निर्देशक रामबाबु गुरुङले बताएका छन् । उक्त चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तलीसँगै नायक दयाहाङ राई, अतिथि राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

चर्चित हाँस्य कलाकार कुमार कट्टेल ‘जिग्री’ र दीपक आचार्यको लेखन रहेको छ भने यस चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेको हुन् । चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

चलचित्र आगामी फागुन ९ शिवरात्रीको अवसरमा रिलिज हुँदैछ भने उक्त चलचित्रसँग ‘एन्टी भाइरस’ र ‘छल कपट’ भिडन्त हुने भएको छन् कोले मार्ला बाजी हेर्न बाँकीनै छ ।

प्रतिक्रिया दिनुहोस्