Logo

केन्द्रको बैठकसँगै शिक्षक भातृसँगठनको भेला सम्पन्न



Spread the love

सल्यान- एकिकृत अखिल नेपाल शिक्षक सगठनको बन्गाड कुपिण्%Aनका ५० भन्दा बढी शिक्षकहरुको भेला भएको गर सम्मेलन आयोजक कमिटी गठन भएको छ । आज सल्यानको सल्लीवजारमा भएको कार्यक्रममा नेकपा माओवादि केन्द्रको भातृ सँगठनका ५० भन्दा बढी शिक्षकहरुको भेला भएको छ । भेलाले नगर सम्मेलनको लागि गणेश चन्दको संयोजकमा १५ सदस्यीय आयोजक कमिटी गठन गरेको वताएको छ ।

भेलामा एकिकृत अखिल नेपाल शिक्षक सगठन सल्यानका उपाध्यक्ष गुमान सिं विष्ट, एकिकृत अखिल नेपाल शिक्षक सगठनका केन्द्रीय सदस्य केशवराज शर्मा, नेकपा माओवादि केन्द्र बन्गाड कुपिण्डे नगरपालीकाका अध्यक्ष किर्ती वहादुर राणा र उपाध्यक्ष दिपक यरी लगाएतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए । भेलाको अध्यक्षता एकिकृत अखिल नेपाल शिक्षक सगठनका जिल्ला उपाध्यक्ष गुमान सिं विष्टले गर्नु भएको थियो ।

त्यसैगरि नेकपा माओवादि केन्द्र बन्गाड कुपिण्डे नगरपालीकाको वैठक पनि सम्पन्न भएको छ । २ दिन अघि सम्मपन्न बैठकले नगरको विकास र नगरमा कर्मचारी अभावले नागरिकले दुख पाएकोे प्रति चासो व्यक्त गरेको छ । नगरको विकासको लागि नेकपा माओवादि केन्द्र बन्गाड कुपिण्डेले पहल कदमी गर्ने जनाएको छ । नगरबाट विनियोजित रकमलाई समेत जति सक्यो छिटै काम सुरुवात गर्ने र नगरको सम्मुनत विकासमा पार्टिले अग्रनी भुमिका खेल्नु पर्ने कुरामा वहस र छलफल भएको उपाध्यक्ष दिपक यरील जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्