Logo

एमसीसीमाथि नेपाल ५ विकेटले विजयी



Spread the love

१८ कात्तिक, काठमाडौँ । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली राष्ट्रिय टोलि पाँच विकेटले विजयी भएको छ । जितका लागि २ सय २ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७.३ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

नेपालको जितमा विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै ५२ रनमा अविजित रहे । पवन सर्राफले अविजित ३८, शरद भेषावकरले २४ दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २३ रन जोडे ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको एमसीसीले ३९.२ ओभरमा सबै विकेट गुमाउदै २०१ रनमै समेटियो । एमसीसीका लागि विल रोडसले ५४ रन जोड्दा ओपनर विल्ली गोड्लेम्यानले ५२ रन जोडेका थिए ।

बलिङतर्फ ललितनारायण राजवंशी र पवन सर्राफले समान ४-४ विकेट लिए । त्यस्तै, अविनाश बोहरा र करण केसीले समान १-१ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्