Logo

स्मार्टफोनको बढ्दो प्रयोगले बढ्दैछ बालबालिकाहरुमा चस्माको पावर



Spread the love

आजकालका अधिकांश बालबालिकाहरु स्मार्टफोन बिना बाँच्नै नसक्ने भएका छन् । हरेक साँझ तथा राति आमाबुबाको स्मार्टफोन बच्चाकै हातमा हुन्छ । अभिभावकहरुको लाखौं प्रयासपछि पनि उनीहरु स्मार्टफोनबाट टाढा बस्न चाहँदैनन् ।
के हो आई स्ट्रोक ?
दिमागमा हुने स्ट्रोक जस्तै जब आँखाको रेटिनासम्म पुग्ने रगतको प्रवाह रोकिन्छ । त्यसपछि नै आई स्ट्रोक हुन्छ । यस्तो हुदा आँखाको दृष्टि निकै कमजोर हुन्छ अथवा आँखाले पूर्ण रुपमै कुनै पनि वस्तु देख्नु छाड्छ ।

आधुनिक विद्युत्तीय उपकरणहरु जस्तै मोबाइल फोन, ट्याबलेट तथा ल्यापटपको अत्यधिक प्रयोग गर्नाले बालिबालिकाहरुको आँखामा नराम्रो प्रभाव पर्छ । लगातार नजिकबाट ती उपकरणहरु हेर्नाले उनीहरुको आँखामा निकै बल पर्छ र त्यसमा रुखोपन आउन थाल्छ । त्यसबाट बालबालिकाहरुको आँखा पनि टेढो हुन थाल्छ भने उनीहरुको चस्माको पावर पनि बढाउनु पर्ने बाध्यता आइपर्छ ।

आँखाको रेटिनामा अक्सिजन पुर्‍याउने धमनीहरु खुम्चिन्छन् अथवा तीनले काम गर्न बन्द गरिदिन्छन् । यो बिरामीले विश्वभरीमा दुई करोडभन्दा बढी व्यक्तिहरु पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्