Logo

रेजिन सुब्बाको कप्तानीमा रहेको यू–१९ फुटबल टोली इरान प्रस्थान



Spread the love

१८ कात्तिक, काठमाडौँ । एएफसी यू–१९ फुटबल छनोटमा सहभागिता जनाउने नेपाली युवा टोलीको विदाई गरिएको छ । इरानमा दुई दिनपछि सुरु हुने छनोटमा सहभागि हुने टोलीको आज विदाई गरिएको हो ।

सातदोबाटोस्थित एन्फा कम्लेक्समा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिब इन्द्रमान तुलाधार लगायत एन्फा अधिकारीले विदाई गरे ।

नेपाल रहेको समूह डि मा घरेलु टोली इरानसँगै, युनाइटेड अरब इमिरेट्स (युएई) र किर्गिस्तान छ । बुधबार नेपालले युएईसँग खेल्दै छनोट यात्राको सुरुवात गर्नेछ । रेजिन सुब्बाको कप्तानीमा रहेको टोली आज इरान प्रस्थान गर्नेछ । नेपाली युवा टोली
गोलकिपर : बिशाल सुनार, रोहित कार्की, पुजन होना
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्राई, असिम गुरुङ, नविन गुरुङ, रोषन दोङ, विकास खवास, योगेश गुरुङ, निरन्जन महर्जन,
मिडफिल्ड : दर्शन गुरुङ, रञ्जन पुन, आकाश बुढा मगर, जय गुरुङ, मनिस थापा, अनिल महर्जन, दिनेश हेन्जन
फरवार्ड : मनिस डाङ्गी, राजिव लोप्चन, रेजिन सुब्बा, दिपेश आले मगर

प्रतिक्रिया दिनुहोस्