Logo

भाईरल ज्वरोका कारण ३ जनाको  मृत्यु



Spread the love

सल्यान- सल्यानको बनगाड कुपिण्डे नगरपालीका वडा न. ३ धार निवासी ५० वर्षिया झुपी वस्नेतको भाईरल ज्वरोका कारण ज्यान गएको छ । १ हप्ता देखि ज्रोले थला परेकी वस्नेतको आज वुधबार विहान ६ वजेको समयमा मृत्यु भएको दाजु प्रतिमल वुढाले वताए । वडा ३ न. का वडा अध्यक्ष समेत रहेका प्रतिमल वुढाका अनुसार बामेको २ वटै वडाका गाउँहरुमा अधिकांस मानिसलाई ज्वरोले सताएको वताए । गाउँ, टोल र कसै कसैका पुरै परिवारलाई ज्वरोले सताएको छ । बामे स्वास्थ्य चौकिमा भने औषधी नहुदाँ नागरिकले सास्ती पाएको बाताईेको छ ।

अस्पतालमा सामान्य सिटामोल समेत राम्रोसँग भेटिदैन, सल्लीवजार पुगेर प्राईवेट मेडिकलको औषधी किनेर खाँदा समेत ज्वरो निको नभएको स्थानीयको भनाई छ । भाईरल ज्वरोले बामे लगायत वन्गाड कुपिण्डे नगरका विभिन्न वडाहरुमा नागरिकले ठुलै सास्ती खेपिरहेका छन् । यसै हप्ता ज्वरोका कारण ३ को मृत्यु भएको छ । ज्वरोकै कारण बन्गाड कुपिण्डे नगरपालीका वडा ५ की भगवती साहुको र वडा न. ६ लाम्पाटा निवासी मान वहादुर वस्नेतको दिदी चित्री वस्नेतको मृत्यु भएको छ । भाईरल ज्वरोको प्रकोप वढ्न थालेपछि र एक पछि अर्को ज्वरोको कारण मृत्यु हुन थालेपछि यहाँका नागरिक त्रसित वनेका छन् ।

प्रतिक्रिया दिनुहोस्