Logo

सांसद आफ्ताब बयानका लागि रौतहट अदालतमा



Spread the love

१९ कात्तिक, रौतहट । राजपुर बमकाण्डका आरोपी सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमलाई बयानको लागि रौतहट अदालतमा उपस्थित गराइएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासमा उनको बयान हुन लागेको हो । बयानका लागि आलमलाई अदालतमा उपस्थित गराइसकिएको छ ।

वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको छ। अन्य १० जना भने फरार रहेको उल्लेख गरिएको छ। जन्मकैद सहितको माग दावि गर्दै अदालतमा मुद्धा दायर भएको छ।

अब अदालतमा बयान र थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले पक्राउ परेका सांसद आलम साधारण तारेखमा, धरौटीमा वा पूर्पक्षको लागि जेल चलान गर्ने निर्णय गर्छ।

प्रतिक्रिया दिनुहोस्