Logo

काभ्रेमा हत्या गरिएको अवस्थामा दम्पतिको शव भेटियो



Spread the love

१९ कात्तिक, काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिकामा एक बृद्ध दम्पत्ति मृत फेला परेको छ । धारिलो हतियार प्रहार गरिएका ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् ।

क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरी चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

घरमा नै चियापसल संचालन गर्दै आएका दम्पतीले घरेलु मदिरा समेत बिक्रि गर्दै आएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्