Logo

बझाङमा सुरुङभित्र फसेका चारैजना मजदुर मृत भेटिए



Spread the love

१९ कात्तिक, काठमाडौं । बझाङको बुंगलमा निर्माणाधीन कालंगा हाईड्रोपावरको सुरूङभित्र फसेका चारैजना मजदुर मृत अवस्थामा भेटिएका छन् । आइतबार सुरुङभित्र गएका ६ जनामध्ये चारजना सुरुङभित्रै फसेका थिए भने दुईजना बाहिर निस्कन सफल भएका थिए ।

आइतबार सुरुङभित्र पसेका दैलेख जिल्लाको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो । बझाङ जिल्ला बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिएका छन् ।

१५ सय मिटर लामो सुरुङभित्र पसेका मजदुरको मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने सुदूरपश्चिम प्रदेशका डीआइजी तारणी लम्सालले बताए । सुरुङभित्र अक्सीजनको अभावका कारण उनीहरुको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्