Logo

रातिको खानापश्चात् फलफूल खादा के हुन्छ ?



Spread the love

प्राय: व्यक्तिहरुलाई रातिको खानामा मिठो अथवा गुलियो खानेकुरा खान मन लाग्छ ।फलफूलहरु प्रायः स्वास्थ्यवद्र्धक, रसिलो, पोषणले भरिपूर्ण, प्राकृतिक रुपमै गुलियो तथा कुनै मिठाई अथवा चकलेटभन्दा धेरै गुणा राम्रो हुन्छ ।

आयुर्वेदका अनुसार जब तपाईं खाना खानु हुन्छ त्यसलगत्तै फलफूल खानु पाचनक्रियाको लागि राम्रो होइन । प्राचीन चिकित्सा प्रणालीले सुत्नुभन्दा कम्तिमा ३–४ घण्टा पहिला डिनर गरिसक्नु पर्ने बताउँछ ।

कतिपय मानिसहरु भन्छन् सुत्नुभन्दा पहिला फलफूल खानाले राम्रो निद्रा पर्छ । तर, वास्तविकता त्यसको बिल्कुलै उल्टो रहेको छ । फलफूलले शरीरमा चिनीको मात्रा बढाउँछ । जसले तपाईंको उर्जालाई बढाइदिन्छ र राति सुत्दा तपाईंलाई अफ्ट्यारो हुन सक्छ । तर, यसको अर्थ राति फलफूल खानै हुँदैन भन्ने चाहिँ होइन । यसलाई समय मिलाएर राति पनि खान सकिन्छ । तपाईंले रातिको खाना खाएको कम्तिमा ४५ मिनेटपछि कुनै फलफूल खान सक्नु हुन्छ ।

राति प्लेटभरीको फलफूल खानु हुँदैन । यदि तपाईंलाई गुलियो नै खान मन छ भने फलफूलको एक–दुई टुक्रामात्रै लिनु पर्छ । जसमा चिनीको मात्रा कम तथा फाइबर बढी होस् । राति फलफूल खाने बित्तिकै सुत्नु पनि हुँदैन ।

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रातिको खाना तथा फलफूल सेवनको बीचमा कम्तिमा ३० मिनेटको ग्याप हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्