Logo

के हो ओभर थिङ्किङ? यस्ता छन् ओभर थिङ्किङका लक्षणहरु



Spread the love

विश्वका १० मध्ये हरेक चौथो व्यक्ति आफ्नो सोच्ने क्षमताभन्दा बढी सोच्दछ र ती कुरालाई लिएर उल्झिन्छन् । जुन उसको क्षमतामा छँदै छैन । यसैलाई बढी सोच्ने बिमारी भनिन्छ ।
के हो अत्यधिक सोच्नु ?
सबैभन्दा पहिला के कुरा अनिवार्य छ भने हामीले ओभर थिङ्किङलाई एउटा बिमारीको रुपमा लिनुपर्छ । त्यसो त हामीलाई लाग्न सक्छ, यसबाट कुनै हानि हुँदैन । तर वास्तविकता के छ भने आवश्यकताभन्दा बढी सोच्नाले हाम्रो क्षमतामै अवरोध हुन सक्छ ।
यस्ता छन् ओभर थिङ्किङका केही लक्षणहरु:
कुराकानीको क्रममा तालमेल बनाइराख्नमा कठिनाई हुनु ।
मन मनै लगातार तुलना गरिरहनु ।
हरेक चिजको नकारात्मक पक्षका बारेमा सोच्नु ।
पछिल्लो असफलताहरु तथा कमीको बारेमा लगातार विचार गरिरहनु ।
भविष्यका कार्यहरु तथा लक्ष्यहरुलाई लिएर अत्यधिक निराश हुनु ।
कुनै दुःखद् अनुभवको बारेमा हरेक समय कुरा गरिरहनु ।
आफ्नो भयलाई कम गर्नका लागि असमर्थ महसुस गर्नु ।

ओभर थिङ्किङको समस्यासँग जुधिरहेको मानिसहरुमा गम्भीर मानसिक समस्याहरुको समेत सामना गर्नुपर्छ । उनीहरु नकारात्मक विचारहरुमा नियन्त्रण राख्नका लागि असमर्थ महसुस गर्दछन् । बारम्बार आउने नराम्रो विचार तथा भयको कारणले त्यस्ता व्यक्तिहरु सामाजिक जमघट तथा कार्यस्थलमा राम्रो प्रदर्शन गर्न सक्दैनन् । साना-साना कार्यहरुमा समेत उनीहरु पछि पर्छन् । यसबाट ठूलो उर्जाको ह्रास समेत हुन्छ ।
यसबाट बच्नका लागि अपनाउनुहोस् यस्ता उपाय:

यो समस्याबाट छुटकारा पाउनका लागि हामीले आफ्नो मन-मस्तिष्कमा नियन्त्रण कायम गर्नुपर्छ र सकारात्मकताले आफ्नो जीवनबाट यो बिमारीलाई बाहिर निकाल्नुपर्छ ।
-ती वाक्यहरु तथा विषयहरुको बारेमा एउटा नोट बनाउनुपर्छ । जसको बारेमा सोचेर तपाईं प्रायः हराउने गर्नुहुन्छ ।
-जुुन कुराहरुको बारेमा तपाईं सोचिरहनु हुन्छ । तीसँग सम्बन्धित एक्सन ओरियन्टेड जवाफको खोजी गर्नुपर्छ । त्यसो त जिज्ञासाहरुमै उल्झिरहनु तपाईंलाई अझै रोचक लाग्न सक्छ । जसको केही परिणाम निस्कियोस् ।
-आफैंले आफैंलाई के सोध्नुपर्छ भने तपाईंले गल्तीहरुबाट के सिक्ने ?
-आफ्नो लागि थोरै समय निकाल्नुपर्छ । एकान्तमा बसेर तपाईंका समस्याहरुको सही समाधान के हुनसक्छ भन्ने बारेमा सोच्नुपर्छ ।
-तपाईंलाई आवश्यकता परेको बेला कसैसँग सहयोग लिन हिच्किचाउनु हुँदैन ।

विचारहरुलाई यदि सही ढंगले व्यवस्थापन गरियो भने आफ्ना हरेक इच्छालाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्