Logo

घरमा आएका पाहुनाको आदर–सत्कार कसरी गर्ने ?



Spread the love

चार्डपर्व, विवाह–व्रतबन्धहरु धुमधामसँग मनाउनको लागि पाहुनाहरु आएको हामीलाई रमाईलो लाग्छ । ‘अतिथि देव भवः’ भन्ने कथनलाई आत्मसात गरेर हामी घरमा आएका पाहुनालाई सकेको आदर–सत्कार गर्छौं । तर, कहिलेकाहीँ हामीले चाहेर पनि पाहुनालाई खुसि बनाउन सक्दैनौ । पाहुनालाई खाने–बस्नेको विशेष प्रबन्ध हुनु आवश्यक छ । जसले गर्दा उनीहरु तपाईंले पाहुनाप्रति गर्नुभएको स्वागतलाई कहिल्यै बिर्सँदैनन् ।
बस्ने व्यवस्था
घरमा ठूला सदस्यलाई बस्न, पल्टिनको लागि बेड र कुर्सीहरुको उचित व्यवस्था हुनुपर्छ । उनीहरुलाई सामान राख्नको लागि सानो टेबलको पनि व्यवस्था भयो भने सामान झिक्न र राख्नका लागि निहुरिरहनु पर्दैन । युवाहरु त भुईँमा पनि डस्ना हालेर सुत्न सक्छन् । यदि पाहुनालाई बस्नको लागि तल र माथिको फ्लोर छ भने बृद्धहरुलाई तलको फ्लोरमा बस्ने व्यवस्था मिलाउनुपर्छ ।
खाने–पिउने व्यवस्था
दिनको सुरुवात चियाबाट हुुने भएकोले चियाको व्यवस्था हुनुपर्छ । प्रायःलाई चियासँगै बिस्कुट खाने बानी हुन्छ । यो कुरालाई पनि ध्यान दिनुपर्छ । ठूला सँग–सँगै बच्चाहरु, जसले बिहान उठेपछि दूध पिउँछन् । उनीहरुको लागि दूधको पनि व्यवस्था गर्नुपर्छ ।
पाहुनाको स्वाद अनुसार खानामा नुन हाल्नुपर्छ । त्यस्तै दही, सलाद, मिठाईहरु पनि फ्रिजमा राख्नुपर्छ । सबैसँग भेटघाट गर्नुपर्छ, घरमा आएका पहुनाको एक–अर्कासँग परिचय पनि गराउनुपर्छ । यसो गर्दा पहुनाहरु एक आपसमा घुलमिल हुन्छन् ।
पाहुनाप्रति तपाईंको व्यवहार
विवाह–व्रतबन्ध र चार्डपर्वलाई अविस्मरणीय बनाउनका लागि प्रत्येक पाहुनासँग धेरैभन्दा धेरै समय बिताउने कोसिस गर्नुपर्छ । उपहार पनि सबैलाई समान रुपमा दिनुपर्छ । यसो गर्दा तपाईको सबै पहुनालाई आफ्नो पनि उत्तिकै महत्व रहेछ भन्ने महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्