Logo

अर्घाखाँचीमा भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई जना घाइते



Spread the love

 

२० कात्तिक, अर्घाखाँची । सन्धिखर्क नगरपालिकामा भ्यान दुर्घटना हुदाँ तीन जनाको मृत्यु भएको छ । भ्यानमा सवार पाँच मध्ये दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

बुटवलबाट सन्धिखर्कतर्फ आउदै गरेको बा १७ प ६९१७ नम्बरको भ्यान दुर्घटना हुँदा रुपदेन्ही सैनामैनाका दुर्गादेवी खड्का, सोही स्थानकै तिलक खड्का र सोही ठाउँ बस्ने भक्तबहादुर खड्काको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकृत प्रकाश खत्रीले जानकारी दिएका छन् ।

रुपन्देही सैनामैना नगरपालिकाका गगाबहादुर खड्का र उनको भतिज विनोद खड्का घाइते भएको जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्