Logo

च्याम्पियन्स लिग: इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्स ४–४ गोलको बराबरीमा रोकियो



Spread the love

२० कात्तिक, काठमाडौं । च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थितिलाई उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो ।

खेलको दोस्रो मिनेटमा नै चेल्सीका टमी अब्राहमले आत्मघाती गोल गरेपछि आयाक्स १–० गोलले अघि थियो । तर खेलको चौथो मिनेटमा नै पेनाल्टीबाट जोर्गिन्होले गोल गरेपछि चेल्सीले १–१ गोलको बराबरी बनायो । खेलको २० औं मिनेटमा क्विन्सी प्रमिसले गोल गर्दै आयाक्सलाई २–१ गेलको अग्रता दिलाउँदा चेल्सीका किपा एरिजबलागाले खेलको ३५ औं मिनेटमा आत्मघाती गोल गर्न पुगे ।

एकपछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै आयाक्सले खेलको ५५औं मिनेटमा अर्को गोल थप्न सफल भयो । योपटक भने भान डी विकले गोल गर्दै आयाक्सलाई ४–१ गोलको फराकिलो अग्रता दिलाए । सेजर अजपिलिकुइताले खेलको खेलको ६३ औ मिनेटमा गोल गर्दै चेल्सीलाई ४–२ को स्थितिमा ल्याए ।

डेले ब्लाइन्डले ६८औ र जोइल भेल्टमेनले ६९ औ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आयाक्स ९ खेलाडीमा सीमित भयो । त्यसपछि चेल्सीले दुई गोल थप्दै ४–४ गोलको बराबरीमा टुंग्याएको हो । खेलको ७१ औ मिनेटमा जोर्गिन्होले र ७४औं मिनेटमा रिस जेम्सले गोल गरेका थिए ।

बराबरीसँगै समूह ‘एच’ मा आयाक्स ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ । समान ७ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्