Logo

भारतीय क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै



Spread the love

२० कात्तिक, काठमाडौं । भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर नेपाल आउँदै छन् । उनि युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आउने भएका हुन् ।

युनिसेफको सदभावना दूत रहेका सचिन नोभेम्बरकाे तेस्राे साताभित्र नेपाल आउने युनिसेफले जनाएकाे छ । उनी आउने मिति यकिन नभए पनि १६ तारिख वा २० र २२ तारिखमा आउने तयारी भइरहेकाे युनिसेफले जनाएकाे छ ।

केहि घण्टाका लागि नेपाल आउन लागेका सचिनलाई नेपाली खेलाडीले भेट्न भने पाउने छैनन् । त्यतिबेला नेपाली खेलाडी बंगलादेश र यूएईमा हुने भएकाले समय नमिल्ने भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्