Logo

यस्ता छन् काँसको थालमा खाना खानुका फाइदाहरु



Spread the love

खाना कस्तो खान्छौं त्यही अनुसार हाम्रो स्वास्थ्यस्थिति निर्धारण हुन्छ । त्यतिमात्र होइन, खानाका लागि कस्तो भाँडावर्तन प्रयोग गरिन्छ भन्ने कुराले पनि स्वास्थ्यसँग नाता जोड्छ ।

धातुका भाँडाहरु खानेकुराको प्रकृति अनुसार मिलाउन सके यो स्वास्थ्यको लागि निकै लाभदायक हुन्छ । त्यसमा पनि काँसका भाँडाहरु बहुउपयोगी हुने गर्छन् । यसको प्रयोग सबैभन्दा पहिले संहिता कालदेखि सुरु भएको पाइएको छ । त्यही समयदेखि धेरैले यसको प्रयोग गर्दै आएको छन् ।

यसको प्रयोग खाना खाने थाल, पानी पिउने अम्खरा जस्ता भाँडाकुडा बनाउन पनि प्रयोग गरिन्छ । यस्तोमा खाना राखेर खानु स्वास्थ्यको लागि समेत फाइदाजनक मान्ने गरिन्छ । कपर वा पित्तलको भाँडोमा अमिलो खानेकुराहरु राख्न या पकाउनु स्वास्थ्यको लागि हानिकारक हुन्छ । यी धातुले अमिलो पदार्थ, नुन र कागतीसँग मिल्दा रासायनिक प्रतिक्रिया गराउने भएकोले यी भाँडाहरुमा यस्ता खानाहरु खानु हुँदैन ।

काँसको भाँडामा बढी अम्लीय पदार्थ भएका खाद्य पदार्थ पनि रासायनिक प्रतिक्रिया हुँदैन । त्यसैले यो भाँडा खाना खान र पकाउनको लागि राम्रो मानिन्छ ।
यस्ता छन् काँसको भाँडाका फाइदाहरु:
काँसको भाँडा वा चरेस मिसाइएको भाँडामा खाना पकाउँदा त्यो खाना आफैंमा शुद्ध हुने गर्छ । त्यसले यसले शरीर भित्र पुगेपछि हुने पाचन प्रणालीलाई पनि सहयोग पुर्‍याउँछ ।
कसरी हुन्छ यसको काम ?
– कुनैपनि काँसको भाँडोमा कम्तिमा ८ घण्टासम्म पानी भिजाएर राख्नाले भोक लागेको बेलामा पौष्टिक खाजा खाएको जति सन्तुष्टि र तागत दिने गर्छ ।
– समय मिलाएर खान सकेको खण्डमा हामीलाई हुनसक्ने डायरिया, जण्डिस जस्ता रोगहरु बिरुद्ध लड्न पनि मद्दत गर्ने गर्छ ।
-काँसको भाँडा अधिकतम स्वास्थ्य लाभ प्राप्त गर्नको लागि दैनिक प्रयोग गर्न सकिन्छ । यसले पनि हेमोग्लोबिनमा सुधार गर्छ ।

प्रतिक्रिया दिनुहोस्