Logo

‘धुपौरे’ बाट किन बाहिरए अनमोल ?



Spread the love

पछिल्लो समय निकै चर्चा रहेको चलचित्र ‘धुपौरे’ मा मेगा स्टार अनमोल केसीलाई लिएर खुबै चर्चा नै चर्चा बटुलेको थियो । केही समय अघि निर्देशक साम्तेन भुटियाले चलचित्र ‘धुपौरे’मा मेगा स्टार अनमोल फाइनल भएका थिए । तर अहिले मेगा स्टार अनमोलले उक्त चलचित्रमा काम नगर्ने खबर बाहिरिएको छ ।

उक्त चलचित्र छाडेपछि उनी आफ्नो होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’लाई समय दिने बुझिएको छ भने निर्देशक तथा नायिका झरना थापाले निर्देशन गर्ने लागेको चलचित्रक ‘ए मेरो हजुर ४’ को तयारीमा लागेको खबर पनि बाहिरिएको छ ।

‘धुपौरे’को कथा मन परेर साइन गरेका तर कथामा परिवर्तन आएपछि आफूले नगर्ने भएको मेगा स्टार अनमोल बताइएका छन् । उनले छाडेपछि चलचित्र नै नबन्ने खबर समेत बाहिरिएका छ तर हल्लाको पछि नलाग्नु निर्माता जयन श्रेष्ठले भित्री रूपमा ‘धुपौरे’को काम भइरहेको दाबी गरेका छन् ।

चलचित्र यही मङ्सिरबाट छायाङ्कन सुरु हुने भनिएको थियो । चलचित्रका लागि अनमोलले वर्कसप समेत सुरु गरिसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्