Logo

बूढानीलकण्ठ नारायणस्थान मठाधीश भवन हस्तान्तरण



Spread the love

२० कार्तिक, काठमाडाैँ – भारतीय राजदूतावासको रु दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको बूढानीलकण्ठ नारायणस्थान मठको मठाधीश भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले मठका मठाधीश निगमानन्द स्वामीलाई आज भवन हस्तान्तरण गरेका हुन् ।

तीनतले भवनमा ठूूला १० कोठा छन् । भवन हस्तान्तरण गर्दै राजदूत पुरीले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मठाधीश भवन निर्माणमा सहयोग गरिएको बताए । भवन बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुलका लागिसमेत प्रयोगमा ल्याइने जनाइएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दरराज वैद्य, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी, महन्त निगमानन्द स्वामी, ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्कालगायतले नेपाल भ्रमण वर्ष २०२० मा अझ बढी पर्यटक मन्दिरमा भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो । जलभित्र शयन गर्नुभएका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ । मन्दिरमा प्रायः भारतीय तीर्थयात्री आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्