Logo

संरचना हटाउने क्रममा घर धनीको मृत्यु



Spread the love

२० कार्तिक, बर्दिया – बर्दिया–हुलाकी सडक विस्तारको लागि पुराना घर संरचना हटाउने क्रममा घर मालिकको ज्यान गएको छ । गुलरिया–७ स्थित दुर्गा गेष्टहाउसको संरचना हटाउने क्रममा सोही गेष्टहाउसका धनी ६५ वर्षीय भविप्रसाद पौडेलको मृत्यु भएको हो ।

पौडेलको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । घटनामा घाइते भएका अन्य दुई जनाको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।

प्रतिक्रिया दिनुहोस्