Logo

१० अर्ब भन्दा बढीको दशैंका सामान नाकामै अड्कियो



Spread the love

दशैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको केरुङ भन्सारमै रोकिएका छन् ।

भन्सार पास नहुँदा केरुङ नाकामा सामान बोकेर आएका कन्टेनर दुई महिनादेखि अलपत्र परेका हुन् ।

 

दशैंका लागि ल्याइएका सामान दशैं नजिकिँदा समेत नछुट्दा व्यवसायी मारमा परेका छन् भन्ने खबर  आजको कारोबारमा छापिएको छ ।

सामान बोकेर आएका १५ सय कन्टेनर सामान रोकिएको व्यवसायीले जानकारी दिएका छन् ।

भन्सनर मूल्यांकन नहुँदा १० अर्ब रुपैयाँभन्दा बढीको सामान नाकामै रोकिएको व्यवसायीले बताए ।

प्रतिक्रिया दिनुहोस्