Logo

काङ्ग्रेसले लगायो उम्मेदवारको टुङ्गो



Spread the love

२१ कार्तिक, काठमाडाैँ – नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । पार्टीको आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार छनौट गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

कास्की निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । प्रदेशसभा सदस्यको उम्मेदवारमा भक्तपुर निर्वाचन क्षेत्र नं १ को कमा कृष्ण भँडेल, बागलुङ निर्वाचन क्षेत्र नं २ को (ख)मा जीप शेरचन र दाङ निर्वाचन क्षेत्र नं ३ को (ख) केशव आचार्यको छनौट गरेको छ । स्थानीय तहका खाली विभिन्न पदका लागि हुन लागेको उपनिर्वाचनका लागि पार्टीले यसअघि नै उम्मेदवार चयन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्