Logo

मैत्रीपूर्ण खेलमा नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै



Spread the love

२१ कात्तिक, काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आज नेपाली राष्ट्रिय फुटबल टोलीले म्यानमारको सामना गर्दैछ । खेल नेपाली समयअनुृसार बेलुकी ४ः४५ बाट सुरु हुनेछ ।

यो मैत्रीपूर्ण खेललाई कतारमा हुने फिफा विश्वकप २०२२ तथा चीनमा आयोजना हुने एसियन कपको क्यालिफायर्स अन्तर्गतको ‘होम गेम’ को तयारीका रुपमा हेरिएको छ। क्‍वालिफायर्सको सबै अवे गेम खेलिसकेको नेपालले मङ्सिर ३ गते दशरथ रंगशालामा कतारसँग खेल्ने निर्धारित छ। नेपाली टोली
गोलकिपरः विशाल श्रेष्ठ, विकेश कुथु र एलेन न्यौपाने
डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्ततामाङ, देवेन्द्र तामाङ, रजिनधिमाल, सुमन अर्याल
मिडफिल्डरः सुनिल बल, रवीपासवान, अन्जन बिष्ट, सुजलश्रेष्ठ, बिक्रमलामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ
स्टाइकरः भरत खवास, विमल घर्ति मगर, अविशेक रिजाल, नवयुगश्रेष्ठ

प्रतिक्रिया दिनुहोस्