Logo

एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन र विदा भईन आमा



Spread the love

मुगु – सोरु गाउँपालिका ६ की २२ बर्षीया जल रोकायाको अत्याधिक रत्तश्रावले बुधबार कालमै ज्यान गयो ।

तीन दिन अघि घरमै सुत्केरी ब्यथा लागेपछि रोकायालाई आधा घण्टा टाढाको नार्थपुस्थित प्रसुति केन्द्र लागिएको थियो ।

त्यहाँका स्वास्थ्यकर्मीले सुरक्षित प्रसुति गराउन सकेनन् ।

जिल्ला अस्पताल ठिनि लैजान सल्लाह दिए ।

घरबाट जिल्ला अस्पताल पुग्न करिव दुईदिन लाग्थ्यो ।

त्यता लैजान नसकेपछि आफन्तले उनलाई घरमै ल्याए ।

उनले एक मृत र अर्को जिवित छोरालाई जन्म दिईन । तर अत्याधिक रक्तश्रावका कारण सुत्केरी भएको आधा घण्टामै रोकायाको मृत्यु भयोको खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्