Logo

च्याम्पियन्स लिगमा पीएसजी नकआउट चरणमा, रोड्रीगोको ह्याट्रिकमा रियलको फराकिलो जित



Spread the love

२१ कात्तिक, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० ले पराजित गर्दै पीएसजी समूह ‘ए’ बाट नकआउट चरणमा पुगेको हो ।

अपराजित रहेको पीएसजीले समूह ‘ए’ मा ४ खेलबाट १२ अंक जोड्यो । पार्क डि प्रिन्सेस पेरिसमा घरेलु टोलीलाई जिताउन मौरो इकार्डीले २२औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यही समूहको अर्काे खेलमा रियाल मड्रिडले टर्किस क्लब गालाटासारेमाथि ६–० को सानदार जित हात पारेको छ । रियाललाई जित दिलाउने क्रममा युवा फरवार्ड रोड्रिगोले ह्याट्रिक पुरा गरे । करिम बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोसले एक गोल थपे ।

जितसँगै रियाल ७ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्