Logo

नेविसंघद्वारा भारतीय नक्साको विरोधमा प्रदर्शन



Spread the love

२१ कात्तिक, काठमाडौं । भारतले सार्बजनिक गरेको नयाँ नक्सामा नेपालका भूमि लिपुलेक र कालापानी परेको विरोधमा नेपाली कांग्रेसको भातृ विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ। बिहीबार त्रिचन्द्र क्याम्पसअगाडि सडकमा नेविसंघले प्रदर्शन गर्दै भारतीय पक्षले सीमा अतिक्रमण गरेको र नक्सामा पनि नेपालका भूमि समावेश गरेकोमा विरोध गरेको हो।

कार्यक्रममा नेविसङ्घका नेता दिपक भट्टराईले भारत सरकारले मिचेको नक्साप्रति नेपाल सरकारले कूटनीतिक तवरले समस्याको समाधान गर्नुपर्ने बताएका छन् ।

विद्यार्थीले नेपाललाई पानीजहाज र रेलभन्दा पनि लिपुलेक र कालापानी आवश्यक रहेको बताएका थिए । कार्यक्रममा नेविसङ्घका निवर्तमान सहमहामन्त्री ललिता सुनुवार, निवर्तमान केन्द्रीय सदस्य कल्पना खड्कालगायत त्रिचन्द्रका विद्यार्थीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्